

सिडिसीले भन्यो वायु मार्फत पनि सर्न सक्छ है कोरोना भाइरस


काठमाडौं
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि सर्ने सम्भावना रहेको बताएको छ।
सिडिसीले शुक्रबार जारी गरेको कोरोना भाइरस सम्बन्धी सार्वजनिक निर्देशिकामा संक्रमण सास फेर्ने क्रममा वायुको माध्यमबाट पनि हुन सक्ने उल्लेख छ।
सास फेर्ने हावामा रहेका कोरोना भाइरसयुक्त ओसिला कणहरुका कारण संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन उल्लेख गरिएको छ।
भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा संक्रमण हुन सक्ने सिडिसीले जनाएको छ।
वायुको मार्फत पनि सर्ने भाइरसहरु संक्रमित व्यक्तिबाट ६ फिटको दूरीमा रहे पनि आफ्नो शरीरमा आउन सक्ने चेतावनी सिडिसीले दिएको छ।
यसअघि सिडिसीले कोरोना भाइरसको संक्रमण अधिकांश समयमा संक्रमितको सम्पर्कमा आएपछि मात्रै हुने उल्लेख थियो। सिडिसीले यसअघिसम्म कोरोना भाइरस वायुको माध्यमबाट नसर्ने बताउँदै आएको थियो।
संक्रामक रोग विज्ञहरुले भने यसअघि देखि नै कोरोना भाइरस अति साना हावामा हुने कणहरुबाट पनि सर्न सक्ने भन्दै सिडिसी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई सचेत पार्दै आएका थिए। सिडिसीको नयाँ निर्देशिकाको वैज्ञानिकहरुले स्वागत गरेका छन्।
https://www.cdc.gov/coronavirus/2019-ncov/science/science-briefs/sars-cov-2-transmission.html


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया