

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले भने, ‘आजको क्याबिनेट मिटिङ आकस्मिक नै हो । सायद अहिलेको समग्र परिस्थितिले तत्काल बस्नुपर्यो होला ।’
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाएका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया