

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि बादल, देवकोटा र तामाङको उम्मेदवारी




मकवानपुर
वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपचुनावका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ । उम्मेदवारीका लागि थापा हेलिकप्टरबाट प्रदेश राजधानी हेटौँडा पुग्नुभएको हो ।
त्यस्तै देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक राधा घले रहनुभएको छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ । राष्ट्रिय सभा सदस्य उपचुनावमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहनुभएको छ ।
एमाले प्रवेश गर्नुभएका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ । रिक्त पदमा निर्वाचन आयोगले जेठ ६ गते उपचुनाव गर्न लागेको हो । वाग्मतीमा हुने राष्ट्रिय सभा उपचुनावमा एक सय १० जना प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ जना गरी तीन सय ४८ मतदाता रहेका छन् । प्रदेश सभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को भुटनदेवी मावि भवनमा दुई वटा मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।
एउटा पालिका र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।


खबर सबै
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद







प्रतिक्रिया