

‘कोभिड-१९’ फ्रान्सेली शब्दकोषमा प्रवेश पायो, थपिए अहिलेसम्मकै बढी नयाँ शब्द


एजेन्सी
फ्रान्सेली भाषाको शब्दकोष ‘ले पिटी लरोस’ले यसपालि सबैभन्दा धेरै नयाँ शब्दलाई स्थान दिएको छ।
कोरोनाभाइरसको महामारीले भाषालाई प्रभाव पारेकाले सन् २०२२को संस्करणका लागि उक्त शब्दकोषमा थप १ सय ७० नयाँ शब्दले प्रवेश पाएका छन्।
सन् १९०५ देखि प्रकाशन हुन थालेको उक्त शब्दकोषले यसअघि कुनै पनि वर्ष यति धेरै नयाँ शब्द राखेको थिएन।
‘मैले यस्तो भाषिक परिवर्तन अहिलेसम्म देखेको थिइनँ। यसले मलाई फ्रान्सेली क्रान्तिको याद दिलाएको छ जति बेला नयाँ शब्दहरू र तिनका नयाँ अर्थ आएका थिए अनि मानिसले भाषालाई साझा रूपमा बुझिरहेका थिए,’ शब्दकोषका एक सल्लाहकार बर्नार्ड सेर्किगलिनीले भने।
शब्दकोषमा प्रवेश पाएका नयाँ शब्दमा सार्स-सिओभी-२ र कोभिड-१९ लाई नाममा रूपमा राखिएको छ। त्यस्तै क्वारेन्टिन, होम वर्किङलगायत शब्द पनि शब्दकोषमा समावेश भएका छन्। कोरोना महामारीका बेला सुरू भएको साइकल लेनसम्बन्धी शब्द पनि शब्दकोषमा परेको छ।
त्यस्तै इन्टरनेटसम्बन्धी र गत वर्ष अमेरिकामा भएका प्रदर्शनमा बनेका नयाँ शब्द पनि शब्दकोषमा अटाएका छन्।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया