

बाँकेमा बिहीबार ५ सय ८ जना संक्रमित डिस्चार्ज


काठमाडौँ
बाँकेमा कोरोना संक्रमण दर बढ्दै जाँदा उपचार पछि निको भएर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या पनि बढ्दै गएको छ । बाँकेमा बिहीबार ५ सय ८ जना संक्रमित निको भएर घर फर्केका छन् । दुई सय ४१ महिला र २ सय ६७ जना पुरुषले कोरोनाबाट मुक्त भएका हुन् ।
अहिले बाँकेका अस्पतालमा ५ सय ७६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ५९ जना कोरोना संक्रमित रहेका छन् । भेन्टिलेटरमा १० जना बिरामी छन् ।
यसैबीच बिहीबार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा २ सय ७३ जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा एक सय ९ जनाको परीक्षण गर्दा ८६ जनामा र बागेश्वरी ल्याबमा २ सय ८३ जनाको परीक्षण गर्दा एक सय ८७ जनालाई कोरोना देखिएको हो ।
सबैभन्दा धेरै जनाको स्वाब परीक्षण हुने गरेको भेरी अस्पतालको बिहीबार रिपोर्ट बाहिर आइसकेको छैन । भारतबाट आउँदा नाकामा हुने एन्टिजिन जाँचको रिपोर्ट पनि अझै आएको छैन ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया