

यी हुन् सामूहिक राजीनामाको पत्रमा हस्ताक्षर गरेका एमालेका प्रत्यक्ष निर्वाचित २१ सांसद (सुचीसहित)

काठमाडौं
नेकपा एमालेका २१ जना प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामाका लागि तयार भएका छन् । माधव नेपाल र झलनाथ खनाल समूहका उनीहरुले हिजो बुद्धनगरमा भेला भएर सामूहिक राजीनामाको पत्र तयार गरेका हुन् ।
पत्रमा राजीनामा गर्नुपरेको कारण खुलाएर हस्ताक्षर समेत गरिएको छ । कोरोना भाइरसको संक्रमणले नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने भेलामा उपस्थित हुन सकेनन् । तर, उनीहरुले खनालसँग पनि सम्पर्क गरी पत्र तयार गरेको बुझिएको छ ।
हस्ताक्षर गर्ने सबै २१ जना एमालेको सुर्य चिन्हबाट प्रत्यक्ष निर्वाचितहरु छन् । उनीहरुमध्ये अधिकांशलाई प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण मागेर कारबाहीको सूचीमा राखेका छन् ।
माधव नेपाल समूहले आफ्नो पक्षमा २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरु रहेको दाबी गर्दै आएको छ । २ जनाले भने केही समय पर्खौं भनेर हस्ताक्षर नगरेको बुझिएको छ ।
माधव नेपाल र झलनाथ खनाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसद
माधवकुमार नेपाल
झलनाथ खनाल
भीम रावल
सुरेन्द्र पाण्डे
योगेशकुमार भट्टराई
यज्ञराज सुनुवार
विरोध खतिवडा
कृष्णलाल महर्जन
सोमप्रसाद पाण्डे
गोकर्णराज बिष्ट
घनश्याम भुसाल
दिपकप्रसाद भट्ट
झपटबहादुर रावल
कृष्णप्रसाद दाहाल
गणेशकुमार पहाडी
जयकुमार राई
जीवनराम श्रेष्ठ
मेटमणि चौधरी
नारायणप्रसाद खतिवडा
पवित्रा निरौला खरेल
भवानीप्रसाद खापुङ


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया