

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक



काठमाडौं
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने रणनीति भएपछि माओवादी केन्द्रले बैठक बोलाएको बुझिएको छ । सोमबार काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेर ओलीको विश्वासको मत दिने निर्णयबारे छलफल गरेका थिए ।
देउवाले २ बजेबाट पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक विषयमा छलफल थालेका छन् । यता प्रचण्डले पनि स्थायी समिति बैठक बोलाएका हुन् । काँग्रेस र माओवादी केन्द्रको बैठकलाई महत्वका साथ हेरिएको छ ।








प्रतिक्रिया