

रोल्पामा वैशाख २२ देखि निषेधाज्ञा



रोल्पा । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि रोल्पामा दुई हप्ताका लागि निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को सोमवार बसेको बैठकले यही वैशाख २२ गते बुधवारदेखि आउँदो जेठ ५ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
सरकारले पहाडी जिल्लामा दुई सय सङ्क्रमित पुगेपछि निषेधाज्ञा जारी गर्ने निर्देशन गरेको छ तर समुदायस्तरमा कोरोना देखिएकाले पहिले नै निषेधाज्ञा लगाइने भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । कसैलाई जिल्ला छोड्नुपर्ने वा अर्को ठाउँ जानुपर्ने भए २४ घण्टाभित्र जान समय दिइएको पनि प्रजिअ सापकोटाले जानकारी दिनुभयो ।
रोल्पामा अहिलेसम्म ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् । गङ्गादेव गाउँपालिकामा ५० बढी सङ्क्रमित भेटिएको र एक जनाको ज्यान गएकाले जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया