फेरी विस्तार भयो मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

काठमाडौं ।
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनःविस्तार गरिएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आइतबार पुनः नियुक्त शंकर पोखरेलले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त शिक्षामन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको शपथ गराए ।

सात सदस्यीय मन्त्रिमण्डलमा हाल मुख्यमन्त्रीसहित नेकपा ९एमाले०का तीन र जनता समाजवादी पार्टीका राज्यमन्त्रीसहित चार जना सहभागी छन् ।

प्रतिक्रिया

खबर सबै