

ईसेवामा अब सोझै बैंक खाता लिङ्क गर्न सकिने




काठमाडौं । अब ईसेवा अकाउन्टलाई सोझै आफ्नो बैंक खातासँग लिंक गर्न सकिने भएको छ । प्रयोगकर्ताले थप सजिलै आफ्नो वालेटमा रकम लोड गर्न सक्नेगरी ईसेवाले यस्तो सुविधा ल्याएको हो ।
ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले यो सुविधासँगै ग्राहकलाई रकम लोड गर्न थप सहज हुने बताए । उनले भने ‘ईसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नवीनतम सेवा दिनका लागि अग्रसर छ ।’
अकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि ईसेवा प्रयोगकर्ताको ईसेवा अकाउन्ट प्रमाणीत ९भेरिफई ० भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि ईसेवा प्रयोगकर्ताले अकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ सेवा समेत लिएको हुनुपर्नेछ ।
यति मात्र होइन ईसेवामा भएको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । ईसेवामा रहेको नम्बर र बैंकमा रहेको मोबाइल नम्बर एउटै नभएको अवस्थामा बैंकमा भएको मोबाइल नम्बरलाई ईसेवा अकाउन्टमा सेकेण्डरी आईडीका रुपमा राख्न सकिनेछ ।
बैंक खातामा ईसेवा लिंक गर्नका लागि सर्वप्रथम ईसेवाको होमपेजमा भएको लोड मनी अप्सनमा जानुपर्नेछ । त्यहाँ रहेको लिंक अकाउन्टमा क्लिक गरी आफ्नो खाता भएको बैंक रोज्नुहोस् ।
अब आफ्नो बैंक खाता नम्बर राख्नुहोस् र प्रोसेसमा क्लिक गरी अगाडि बढ्नुहोस् । त्यसपछि मोबाइल बैंकिङ पोर्टल खुल्छ ।
यहाँ आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुहोस् र अगाडि बढ्नुहोस् । त्यसपछि मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्ड राखेर पे लेखिएको स्थानमा क्लिक गर्नुहोस् । यति गरेसँगै बैंक खाता ईसेवामा लिंक हुन्छ ।
बैंक खाता लिंक गरेपछि ईसेवा खातामा रकम लोड गर्न ईसेवा खाता लग ईन गरी लोड मनी अप्सनमा जानुहोस् । अब आफूले लिंक गरेको बैंक अकाउन्टमा क्लिक गर्नुहोस् ।
त्यसपछि ईसेवामा राख्ने रकम र अन्य विवरण भरेर सहजै रकम लोड गर्न सक्नुहुनेछ । हाल २० वटा बैंक तथा वित्तीय संस्थाका बैंक खातामा ईसेवा अकाउन्ट लिंक गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।
निकट भविष्यमै अन्य बैंकका खातामा समेत ईसेवा लिंक गर्न सकिनेछ । ईसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, शेयर कारोबारको भुक्तानीका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्यको रुपमा रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिने सुविधा उपलब्ध छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया