

आईपीएल : पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा


काठमाडौं
पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ ।
नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए । जहाँ उनले कप्तानी डेब्युमै अविजित ९९ रन बनाउँदा पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीलाई १६७ रनको लक्ष्य दिएको थियो । दिल्लीले १७.४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
यस जितपछि दिल्लीले ८ खेलबाट १२ अंक जोड्दै चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ । बेंगलोरले सोमबार कोलकता नाइट राइडर्ससँग खेल्दैछ । सिजनको पाँचौ हारपछि ८ खेलबाट ६ अंक रहेको पञ्जाब छैटौं स्थानमा छ ।
दिल्लीका लागि ओपनर शिखर धवनले अविजित रहँदै सर्वाधिक ६९ रन बनाए । उनले ४७ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै अर्को ओपनर पृथ्वी शले ३९ रन जोडे । स्टिभ स्मिथ २५ र कप्तान ऋषभ पन्त १४ रन बनाएर आउट भए । शिमरोन हेतमायरले ४ बल खेल्दै एक चौका र दुई छक्का मद्दतमा अविजित १६ रन बनाए ।
पञ्जाबका रिले मेरेडिथ, हरप्रित ब्रार र क्रिस जोर्डनले १-१ विकेट लिए ।
त्यसअघि अग्रवालले ५८ बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ९९ रन बनाएका थिए । यस्तै आईपीएलमा डेब्यु गरेका विश्व नम्बर वान टी-२० ब्याट्सम्यान डेविड मालानले २६ बलमा २६ रन बनाए ।
दिल्लीका कागिसो रबाडाले ३ तथा आभेष खान र अक्सर पटेलले १–१ विकेट लिए ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया