मुख्यमन्त्रीमा पोखरेलको पुनःनियुक्ति ‘असंवैधानिक छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनःनियुक्तिलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भनेका छन्।

बहुमत सांसदहरुको समर्थन रहेको अविश्वासको प्रस्तावमा प्रस्तावित गरिएका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्नुको सट्टा पोखरेललाई नियुक्त गरिएकोप्रति प्रचण्डले आपत्ति जनाएका छन्।

‘बहुमत सांसदहरुको समर्थन रहेको अविश्वास प्रस्तावमा प्रस्तावित गरिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १६८ (२) अनुरुप मुख्यमन्त्रीमा नियुक्ति गर्नुको बदला प्रदेश प्रमुखले अल्पमतमा रहेका (३७ जनाको समर्थन प्राप्त) शंकर पोखरेललाई संविधानको धारा १६८ (१)अनुरुप नियुक्ति गरे। उक्त असंवैधानिक र अलोकतान्त्रिक निर्णयको हामी निन्दा गर्दछौं,’ आइतबार साँझ एक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्।

प्रतिक्रिया

खबर सबै