

सत्ताको घिनलाग्दो खेल देखेर आजित भई राजिनामा दिएँ : पाण्डे



कपिलवस्तु ।
नेकपा एमालेका तर्फबाट निर्वाचित कपिलवस्तु २ (क) का सांसद दीर्घनारायण पाण्डेले सत्ताको घिनलाग्दो खेलको साक्षी बस्नै पर्ने भएपछि पद त्यागेको बताएका छन् ।
सत्ताको घिनलाग्दो खेलमा लाग्ने पार्टी नेतृत्वको कदम अनैतिक देखेर आफूले पार्टी र सांसद पदबाट राजीनामा दिएको उनले बताए । आफ्नै दलका नेता शंकर पोखरेल मुख्यमन्त्रीमा पुन : नियुक्त भएको केहीबेरमै पद त्यागेका पाण्डेले सत्ताको घिनलाग्दो खेल देखेर आजित भएको प्रतिक्रिया दिए ।
कोभिडले गाउँ(गाउँमा जनता मरिरहेका बेला सांसदहरुलाई सत्ता समीकरणको पात्र बनाइएको भन्दै उनले विवेकपूर्ण निर्णय गरेर आफू त्यस्तो खेलबाट बाहिरिएको दाबी गरे । उनले भने, कोभिडले गाउँ(गाउँमा जनता मरिरहेका छन् । यस्तो बेला नेतृत्व तलदेखि माथिसम्म सत्ता जोगाउनका लागि अनेक खेलमा लागेको छ । मलाई चित्त बुझेन त्यसैले राजीनामा दिएँ ।’
जनताको माग र चाहनाअनुसार काम गर्न नसकिएको भन्दै उनले पटक(पटक सदन र दलको बैठकमा कुरा उठाउँदा कुनै सुनुवाई नभएको बताए । ‘सत्ता फेरबदल गर्ने बेला हो यो रु’,प्रश्न गर्दै उनले भने, ‘नेतृत्व अनैतिक खेलमा लागेपछि मैले पद छोडेको हुँ ।’
पाण्डे एमालेमा प्रधानमन्त्री ओलीनिकट मानिन्छन् । ओलीका विश्वासपात्र पोखरेललाई अप्ठेरो पार्नेगरी पाण्डेले पद छोडेपछि धेरैले अचम्म माने । पाण्डेले आफू ओलीनिकट भएपनि सत्ता समिकरणका अनैतिक खेलको समर्थन गर्न नसक्ने बताए । ‘हो म प्रधानमन्त्री ओलीनिकट भनेर चिनिएको हुँ । म त्यहि समूहमा थिएँ । तर अहिले तलदेखि माथिसम्म जे(जे भएका छन् त्यसलाई स्वीकार गर्ने अवस्था रहेन ।’
पार्टी र सांसद पद एकैचोटी छाडेर स्वतन्त्र हैसियत बनाएका उनले अब नयाँ ढंगले राजनीति गर्ने बताए । ‘राजीनामा गरेर स्वतन्त्र हैसियतमा जनतामा जाने निर्णय गरेको छु । जनताका वीचमा गएर फेरि राजनीतिमै क्रियाशील रहन्छु ।’
पाण्डेले एमाले छाडे पनि राजनीति नछाडेको बताए । यद्यपि अहिले कुनै दलमा प्रवेश गर्ने सोच नबनाएको उनको भनाइ छ । ‘स्वतन्त्र रहेर पनि जनताको पक्षमा काम गर्न सकिन्छ । कुनै दलमा रहनै पर्छ भन्ने छैन’, उनले भने ।
आफूले पार्टी र सांसद छोडेपछि केन्द्रीय नेतृत्वले सोधखोज नगरेको पनि उनले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया