

चेन्नईविरुद्ध मुम्बईको रोमाञ्चक जित, पोलार्ड बने नायक


एजेन्सी
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा शनिबार राति भएको रोमान्चक खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा केइरोन पोलार्डले अविजित रहदै ८७ रनको अर्धशतकीय इनिङ्स खेले ।
विस्फोटक ब्याटिङ गरेका उनले ३४ बलमा ८ छक्का र ६ चौका प्रहार गरे । यस्तै क्विनटन डी ककले ३८ रन जोड्दा कप्तान रोहित शर्माले ३५ रन बनाए । कुर्नाल पाण्डय ३२ रनमा आउट हुँदा हार्दिक पाण्डयले १६ रन जोडे ।
चेन्नईका साम कुरानले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।
चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले ।अविजित रहेका रायडुले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए । रविन्द्र जडेजा २२ रनमा अविजित रहे । मुम्बईका केइरन पोलार्डले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।
जितसँगै मुम्बईले ७ खेलमा ८ अंक जोडेको छ । मुम्बई तालिकाको चौंथो स्थानमा रहेको छ ।चेन्नईले ७ खेलमा १० अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया