

विप्लवको पार्टी फुट्यो, फुटेको नयाँ पार्टीको नाम ‘जन-समाजवादी मञ्च’

काठमाडौं
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ। पार्टीका पोलिटव्यूरो सदस्य कृष्ण प्रसाद धमला (गम्भिर) को नेतृत्वमा पार्टी विभाजन गरिएको हो। नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ।
बाँकी अधुरो क्रान्ति पूरा गर्नका लागि नयाँ पार्टी गठन गरिएको धमलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। वर्तमान सरकारसँग तीन बुँदे सहमति गरेपछि शान्तिमा आएको विप्लव समूहभित्र अन्तरविरोध र विवाद हुँदै आएको थियो। धमला समूहले विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएको आरोप लगाउदै आएको छ ।
विप्लवले आन्दोलनदाई नयाँ उचाइमा पुर्याउने भने पनि अन्ततः जनता र क्रान्तिलाई धोका दिएको आरोप लगाइएको छ । विप्लव नेतृत्वले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गरेको गम्भीर आरोप लगाइएको छ ।
सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भिषण संघर्षको आंधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भइसकेको धमलाले बताएका छन्। नयाँ पार्टीको कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको भनिएको छ ।
नयाँ पार्टीमा १० पूर्वकेन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको भनिएको छ। साथै, अहिले देशमा कोरोनाको दोस्रो लहरले सृजना गरेको बिषम परिस्थितिका कारण औपचारिक कार्यक्रम गर्न नसकेकोसमेत धमलाले बताएका छन्। यसकारण अहिले कोरोना महामारीविरुद्ध लड्न सबैलाई एकजुट भई हातेमालो गर्नसमेत नवगठित पार्टीले आव्हान गरेको छ।

पार्टी फुट भनेर मान्न सकिँदैन
धमलाद्धारा पार्टी फुटेर नयाँ पार्टी घोषणा गरिए तापनि विप्लव नेतृत्व समूहले पार्टी फुट भनेर मान्न नसकिने जनाएको छ । विप्लव नेतृत्वको नेकपाले शनिबार प्रेस नोट जारी गर्दै दलाल पुँजीवादी र संसदवादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार गरिएको आरोप लगाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया