

शनिबार राति १२ बजे बाट गुल्मीमा लकडाउन



गोकर्ण पाण्डे/गुल्मी
कोरोना भाइरसको संक्रमण बढेपछि गुल्मीमा पनि बैशाख १८गतेदेखि २५ गतेसम्म लकडाउन हुने भएको छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि बैशाख १८ गतेदेखि २५ गतेसम्म एक साताका लागि लकडाउन गर्ने निर्णय भएको हो ।
डिसीसीएमसी जिल्ला संकट व्यवस्थापन गुल्मीको बैठकले बैशाख १८ गते राति १२ बजेदेखि बैशाख २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लाका खाद्य सामग्री , दुध, फलफूल,तरकारी माछा मासु, पानी,ग्यास पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी संचालनमा रहने प्रशासनले जनाएको छ । यस्तै बैंकहरु बिहान १० बजेदेखि १२ बजेसम्म भीडभाड नगरी संचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया