

हिमाल सफा गर्दा भेटियो १५ वर्ष पहिले भएको दुर्घटना भएको हेलिकप्टरको अवशेष र मानव शवको अवशेष


काठमाण्डाै

हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियान २०२१ चलिरहेको छ । सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पनि सेनाले जनाएको छ ।

यस्तै धौलागिरि आधार शिविर नजिकै हिमालमा प्रयोग हुने सामग्रीसहित दुई वटा मानव शवको अवशेष पनि भेटिएको र शव पहिचानको काम भइरहेको सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमाल सरसफाइका लागि सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म कुहिने र नकुहिने गरी पाँच हजार एक सय ५४ किलो फोहर सङ्कलन गरिसकेको सेनाले जनाएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया