

पाल्पामा शुक्रबारदेखि एक हप्ता निषेधाज्ञा



पाल्पा : पाल्पामा एक हप्ता निषेधाज्ञा लगाइने भएको छ। नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी पाल्पामा पनि ह्वात्तै फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाइने भएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको छ।
वैशाख १७ गते शुक्रबार राति १२ बजेदेखि २४ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।
निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ, चिकित्सक तथा स्वास्थ्यकर्मी ड्युटी जानआउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधन सञ्चालन हुन पाउने छन्। यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन नपाउने प्रजिअ पाण्डेले बताए। पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनले पाल्पाका कुनै पनि ठाउँमा यात्रु चढाउन वा ओराल्न पाउने छैनन्।
खाद्य पसल विहान ६ बजेदेखि ११ बजे खुला रहने छन्। अन्य कुनै प्रकारका पसल खोल्न पाइने छैन्। औषधि पसल २४ सै घण्टा खुला रहने छ। स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवाबाहेक सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द हुने उनले बताए।
कसैले यो आदेशको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रजिअ पाण्डेले बताए। स्वास्थ्य मापदण्डको पालना गरेर कोरोना महामारीबाट आफू बाँच्न र अरूलाई पनि बचाउँन उनले अपिल गरे।
पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार २२० पुगेको छ। जसमध्य १९८ सक्रिय संक्रमित रहेका छन्। ३९ जनाको मृत्यु भएको छ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया