

लुम्बिनीका तीन सहित अहिले सम्म १८ जिल्लामा निषेधाज्ञा


काठमाडौं ।
कोरोना भाइरसको बढ्दो संक्रमणको गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै लगाइएको निषेधाज्ञा १८ जिल्लामा जारी गरिएको छ ।कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्ला मध्ये बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञाको आदेश जारी गरिएको हो ।
गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रहसमेत गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा जारी गरिएको छ ।
जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन, पाल्पामा, कञ्चनपुर, सल्यान र सुनसरीमा पूर्ण रुपमा जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको छ । कास्कीमा निषेधाज्ञा भएपनि जोरविजोर लागू गरिएको छ । अन्य जिल्लाहरुमा जिल्लाभर पूणर् रुपमा नीजि तथा सार्वजनिक सवारी साधनहरु संचालनमा रोक लगाइएको छ । सल्यानमा १९ बैशाखबाट निषेधाज्ञा लागू हुनेछ । यस्तै सुनसरी पाल्पा र दाङमा भोलीबाट निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमणको अवस्थालाई हेरेर स्थान तोकेर नै आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिसलाई स्वीकृत गर्दै निषेधाज्ञाको निर्णय गर्ने अधिकार जिल्ला प्रसासन कार्यालयहरुलाई दिएको थियो । सोही अनुसार जिल्ला प्रसासन कार्यालयमार्फत जिल्लाहरुमा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया