

कोरोना महामारीसँग जुध्न सरकारले स्वयंसेवक परिचालन गर्नुपर्छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयंसेवकहरू परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन् ।
विप्लवले कोरोना महामारी नियन्त्रणमा सहयोग सबैमा अपिलसमेत गरेका छन् । उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीका सम्पूर्ण समितिहरू, विभिन्न स्तरका नेता तथा कार्यकर्ताहरू, बुद्धिजीवी, चिकित्सक, स्वास्थ्यकर्मी र जनसमुदायमा समेत सरकारको मात्र भर नपरी कोरोना महामारीसँग जुध्न होसियारीपूर्वक सामाजिकस्तरमा स्वयंसेवकका रूपमा परिचालित हुन र महामारी नियन्त्रणमा सहयोग गर्नुहुन केन्द्रीय समिति अपिल गर्दछ ।’
कोरोना महामारीविरुद्ध जुध्न सरकारले सञ्चालन गरेको अभियान पर्याप्त नभएको पनि उनको ठहर छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘समस्या समाधान गर्न सरकारले मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरू नियन्त्रण गर्ने, आएकाहरूलाई एकान्तवासमा राख्ने व्यवस्था गर्ने र बिरामी परेका सबैको उपचार गर्ने विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया