

लुम्बिनीमा जसपाका चार सांसद पदमुक्त, महन्तथ ठाकुरले पठाए कार्वाही नभएको पत्र

काठमाडौं । लुम्बिनी प्रदेशका चार सांसद पद मुक्त भएपछि जनता समाजवादी पार्टीले कुनै कारबाही नगरेको भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभामुखलाई पत्र पठाएका छन् । ठाकुरले बिहीबार मुख्यमन्त्री र संसदीय दलका नेतालाई बोधार्थ दिएर केन्द्रीय स्तरबाट कुनै कारबाही नभएको भन्दै पत्र पठाएका हुन् ।
“लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र पूर्व स.पा. का प्रदेश समितिको समायोजन हुन न सकि जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भई जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियावाट गर्न गराउन निर्देशन पठाईसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराईन्छ,” पत्रमा भनिएको छ,“ साथै केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरुलाई कुनै कारवाही न भएको व्यहोरा समेत अनुरोध छ ।”
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्तार गरेकै दिन जसपा सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे मन्त्री बनेका थिए । जसपा संसदीय दलले उनीहरुलाई कारबाही गरेको पत्र प्रदेश सभामा दर्ता भएको थियो । सोही अनुसार प्रदेश सभाले आज सुचना टाँस गर्दै उनीहरू पदमुक्त भएको जानकारी गराएको छ ।
“माननीय सदस्य श्री सन्तोष कुमार पाण्डेय, माननीय सदस्य श्री विजय बहादुर यादव, माननीय सदस्य श्री सुमन शर्मा रायमाझी र माननीय सदस्य श्री कल्पना पाण्डेलाई प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरिएको सूचना राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १९१ बमोजिम हाल प्रदेश सभाको बैठक चालु नरहेकोले सचिवालयको सूचना पाटीमा आदेशानुसार टाँस गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,” प्रदेश सभा सचिवालयले टाँसेको सुचनामा भनिएको छ। सोहीसुचनापछिठाकुरलेप्रदेशसभामा पत्र पठाएका हुन् ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया