

मन्त्री बनेका ‘दीपक मनाङे’ द्वारा शपथ ग्रहण


कास्की
गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ ।
अविश्वासको प्रस्ताव ‘फेस’ गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई सामाजिक विकास मन्त्रालय फुटाएर मन्त्री बनाउनुभएको हो ।
मुख्यमन्त्री गुरुङविरुद्ध माओवादी केन्द्र, नेपाली कांग्रेस, जनमोर्चा लगायतले मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । जनमोर्चाका सांसद खिमविक्रम शाही संसद् बैठकमा अनुपस्थित भएलगत्तै हिजो हुने भनिएको मतदान स्थगित भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया