विद्यालय खोलेको भन्दै बाणगंगाका एक प्रधानाध्यापकलाई प्रहरले पक्राउ पछि छोड्यो

कपिलवस्तु

कोरोनाको दोस्रो चरणका संक्रमण फैलिए पछि नेपाल सरकारले देशभरका विद्यालय बन्द गर्न निर्णय गरेको छ । सरकारको निर्णय विपरीथ विद्यालय खोलेको भन्दै
बाणगंगाका सरकारी विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रण गरी कागज गरेर छोडेको छ ।

नगरपालिकाको वडा नम्बर २ मा रहेको पंच आधारभूत विद्यालयका प्रधानाध्यापक जगत प्रसाद रेग्मीलाई प्रहरीले बिहीबार विहान पक्राऊ गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले बताउनु भएको छ । गुरुङका अनुसार विद्यालय पुग्दा विद्यालय खुलेको अवस्थामा १५÷२० जना विद्यार्थी पनि भटिएका थिए । पछि जाँचबुझ गर्दा परिक्षाका लागि विद्यार्थीलाई बोलाइएको पाइएको उहाँको भनाई छ ।
तर नगरले भने कोरोनाका कारण भन्दै नगरका सम्पुर्ण परिक्षाहरु स्थगित गरको थियो ।

यस्तो अवस्थामा पनि अटेर गरी विद्यालय संचालन गरी परीक्षा लिएको पाइएपछि नियन्त्रणमा लिई अब विद्यालय नचलाउने कागज गरी छोडिएको गुरुङले बताउनु भयो ।
उता प्रधानाध्यपक रेग्मीले भने परीक्षा नचलाएको तर त्यस विषयमा विद्यार्थीसंग विद्यालयमा छलफल भएको दाबी गर्नुभएको छ । उहाँले आफूले विद्यालय नखोलेको दाबी गर्नुभयो । बाणगंगाका केही विद्यालयले आउट ड्रेसमा समेत बोलाएर विद्यालय संचालन गरिहेको एक शिक्षकले बताए ।

ती विद्यालयमा पनि अनुगमन हु्ने र त्यस्तो अबस्था रहेको खण्डमा नियन्त्रणमा लिई कारबाही गरिने प्रहरीले जनाएको छ । कोरोनाको यस्तो महामारीमा सरकारको नियम उलंघन गरेको पाइए ६ महिनासम्मको कैद र ६ सय रुपैयाँ जरिवानाको ब्यवस्था छ ।

प्रतिक्रिया

खबर सबै