

बुटवल–नारायणघाट सडक विस्तारको काम गरिरहेको चिनियाँ ठेकेदारविरुद्ध होटल व्यवसायी आन्दोलित





बुटवल । बुटवल–नारायणघाट सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनीले समयमै काम नगरी सडक धुलाम्मे पारेपछि दाउन्नेमा होटल व्यवसायी आन्दोलित भएका छन् ।
ठेकेदार कम्पनी ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ले बेलाबेलामा विभिन्न कारण देखाएर सडक विस्तारको काममा ढिलासुस्ती गरिरहेको छ ।
सडक विस्तारका क्रममा ठाउँ ठाउँमा कल्भर्ट बनाउँन भन्दै गरिएको डाइभर्सन तथा वर्षामा भत्किएको सडक वर्षामा हिलाम्मे र हिँउदमा धुलाम्मे हुने गरेको छ ।
सडक निर्माणको क्रममा सडकमा पानी हाल्नुपर्ने सहमति गरेको निर्माण कम्पनीले सडकमा पानीसमेत नहालेको भन्दै दाउन्नेका होटल व्यवसायीहरुले मंगलबार साँझ राजमार्गमा बाटो जाम गरेर विरोध गरेका छन् । मंगलबार बेलुका उनीहरुले झण्डै एक घण्टा राजमार्ग अवरुद्ध गरेका थिए ।
दुई वर्षअघि २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणघाट खण्डको १ सय १४ किलोमिटर सडक विस्तारका लागि बुटवलबाट शिलान्यास गरेका थिए ।
निर्माण शुरु भएको दुई वर्ष पुगिसक्दा कामको प्रगति भने ४ प्रतिशत मात्रै भएको छ । आयोजना प्रमुख रमेशचन्द्र दिष्टीले कोरोना संक्रमण तथा रुख कटान र विजुली पोल हटाउने काममा ढिलाइ हुँदो काममा ढिलाइ भएको बताए ।
यसअघि पटक पटक कामदारले तलब नपाएको भन्दै कामदारहरु आन्दोलित भएका थिए । ठेकेदार कम्पनी र नेपाली मजदुरबीच पटक पटक विवाद हुँदै आएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनी, प्रहरी प्रमुख एसपी प्रकाश मल्लसहितको रोहबरमा लिखित सहमति गरेपछि मजदुरहरु काममा फर्किएका थिए । त्यसपछि पनि तलब नपाएको भन्दै मजदुरहरु आन्दोलित भएका थिए ।
एक महिनाअघि तेल चोरीका विषयमा विवाद हुँदा चिनियाँ पक्षले नेपाली मजदुरहरुलाई वार्ता गर्न बोलाएर रजहरस्थित कन्स्ट्रक्सन कार्यालयमा कुटपिट गरेका थिए ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया