कपिलवस्तुमा कोरोनाबाट एक सातामा आधा दर्जन बढीको मृत्यु

राजेन्द्र खनाल, कपिलवस्तु

कपिलवस्तु जिल्लाका छिमेकी जिल्लाहरुमा कोरोनाको संक्रमण उच्च तहमा पुगे सँगै यहाँ पनि संक्रमणको दर बढ्दो क्रममा रहेको छ । पछिल्लो एक सातमा मात्रै कारोनाका संक्रमितको संख्या साविकको तुलनामा बढी छ ।

जिल्लामा संक्रमण दर बढ्दै गएपछि १० वटै स्थानीय तहमा विद्यालयहरु धमाधम बन्द गरिएका छन भने वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका स्थानीय तहहरुले परीक्षा पछि सारेका छन् । यस्तै परीक्षा संचालन गरिसकेका स्थानीय तहहरुले पनि बाँकी विषयका परीक्षा पछि लिने गरी स्थगित गरेको जनाएका छन् ।

जिल्लाको बाणगंगा नगरपालिकामा बैशाख १२ गते देखि संचालित वार्षिक परिक्षा आज देखि स्थगित गरीएको छ । नगरपालिकाका युवा खेलकुल तथा शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सीले एक सूचना जारी गर्दै नगर भित्रका सबै तहका परीक्षा अर्काे सूचना नआउँदा सम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको हो ।

यसैबिच कपिलवस्तुमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दा सम्म ३८ पुगेको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका एक संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर २ का ४४ वर्षीय पुरुषको पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै कपिलवस्तुमा कोराना संक्रमण पुष्टि हुनेको संख्या अहिले सम्म २ हजार ३ सय ५० पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ सय ६२ रहेको फोकल पर्सन घिमिरेले जानकरी दिनुभयो ।

पछिल्लो एक सातमा कपलिवस्तु जिल्लमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३८ पुगेको छ । बाणगंगा र बुद्धभूमि नगरपालिकामा मंगलबार मात्र २ जनाको मृत्यु भए संगै जिल्लामा मृत्यु हुनेको संख्या ३८ पुगेको हो । बाणगंगामा ज्यान गुमाएका ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनी नेपाली कांग्रेसको राजनितिमा समेत सक्रिय रहेको बताइएको छ ।

भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोजगारीका लागि पुगेकाहरु नेपाल फर्कने क्रमसँगै संक्रमितको सँख्या कपिलवस्तुमा पनि बढेको स्वास्थ् कार्यालयका अधिकारीहरुले बताउने गरेका छन ।

प्रतिक्रिया

खबर सबै