

लुम्बिनीमा मन्त्री बनेका ४ सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

बुटवल ।
लुम्बिनी सरकारमा मन्त्री बनेका चार जना सांसदलाई कारबाही गर्ने जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गरेको छ ।
मंगलबार बसेको जसपा पदाधिकारीको बैठकले लुम्बिनी प्रदेश सभाका चार सदस्यलाई कारबाही गर्ने निर्णय गरेको हो। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले ६ वैशाख दिउसो अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
त्यहि साँझ मुख्यमन्त्री पोखरेलले जसपाका चार जना सांसदलाई मन्त्री नियुक्त गरेका थिए। जसपाका सन्तोषकुमार पाण्डेले भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादवले भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकासराज्यमन्त्री नियुक्त भएका थिए। पाण्डे, यादव र रायमाझीले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए।
उनीहरूलाई मन्त्रीबाट राजीनामा दिन जसपा प्रदेश समितिले निर्देशन दिँदै स्पष्टीकरण सोधेको थियो। उनीहरूले राजनीनामा नदिएपछि कारबाहीका लागि केन्द्रमा सिफारिश गरेको थियो।
प्रदेश समिकिो सिफारिशका आधारमा बुधबार जसपा पदाधिकारी बैठकले चारै जनाको सांसद पद खारेज गर्ने निर्णय गरेको हो। त्यसका लागि अब प्रदेशका सभामुखलाई सिफारिश गरिने भएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया