

नेपालमा जटिल बन्दै कोरोना : एकैदिन थपिए ४५२४ भने १८ जनाको मृत्यु


नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ९४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६४ र एक हजार नौ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ६० जना गरी कुल चार हजार पाँच सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ पुगेको छ ।
यस्तै थप पाँच सय ५५ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार पाँच सय ६ जना पुगेको छ । अहिले नेपालमा २६ हजार दुई सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया