वडा अध्यक्ष भुषालका तीन शुत्रीय युवा लक्षित कार्यक्रम

कपिलवस्तु ।।

कपिलवसतुको बाणगंगा नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुषाले युवा लक्षित कार्यक्रमका लाग तीन शूत्रीय कार्यक्रम अगाडी सार्नुभएको छ ।

बाणगंगा नगरपालिकाका सामाजिक विकास समितिका सभापति समेत रहनु्भएका वडा अध्यक्ष भुषाले युवाहरुलाई सबै भन्दा पहिले सचेतना जगाउनुपर्ने, त्यस पछि सीपमूलक कार्यक्रममा सहभागि गराउने र सीप आर्जन गराई आत्मनिर्भन गराउने गरी काम गर्नुपर्ने योजना अगाडी सार्नुभएको हो ।

युवाहरुको हक र अधिकारका लागि नगर र वडाले योजनागत बजेट विनियोजन गर्ने गरेको पनि उहाँले बताउनुभएको छ ।
युवा संस्था संजाल आयोनले आयाजना गरेको युवाका आवश्यकता र मागमा केन्द्रित जनप्रतिनिधिसँगको संवाद कार्यक्रममा वडा अध्यक्ष भुषालले विशेष गरी युवाहरुका लागि वडा नम्बर ५ ले तीन वटा विषयमा ध्यान दिदै कार्यक्रम र योजना बनाइरहेको बताउनुभयो । उहाँका अनुसार वडामा रहेका युवाहरुलाई सचेतनामूलक सन्देशहरु प्रवाह गर्ने, सीपमूलक तालिममा सहभागि बनाउने र तालिम लिएका युवाहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने गरी या्ेजना बनिरहेको बताउनुभएको हो ।

बाणगंगा नरपालिका भित्रका विभिन्न वडाका युवाहरुको सहभागिता रहेको संवाद कार्यक्रममा युवाहरुले आफुहरुका माग र आवश्यकताहरु वडा अध्यक्ष समेत प्रश्न राखेका थिए । सहभागिहरुका प्रश्नको जवाफ दिदै भुषालले नगरपालिकाका हरेक युवाहरुका लागि नगर स्तरिय र वडा स्तरिय योजना तर्जुमा भईरहेका र आगमी वर्षहरुमा पनि यु्वा लक्षित कार्यक्रमहरु प्रभावकारी किसिमले संचालन गरीने प्रतिबद्धता जनाएनुभएको छ ।

कार्यक्रम वडा नम्बर ५ को वडा कार्यालयको सभाहरलमा आयोजना गरिएको थियो । कार्यक्रममा आयोन केन्द्रिय उपाध्यक्ष थानेश्वर अधिकरीको संचालन सहित आयोजन डिस्ट्रिक च्याम्पियन राजेन्द्र खनालको सहजिकरण रहेको थियो । युवाहरुका लागि वडा र नगरले बनउने वार्षिक योजनामा युवा सहभागिता र योजनाका विषयमा संवाद केन्द्रित रहेको अयोजन जिल्ला सहजकर्ता सागर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै