

बाध्य छन् कुरुवा संक्रमितसँगै सुत्न


काठमाडौं
दुईवटा सर्जिकल मास्कले नेपालगन्जकी गीता चन्दको मुख छोपिएको थियो । उनका रसिला आँखामा भने त्रास र पीडा प्रस्ट झल्किन्थ्यो । भेरी अस्पतालमा कोरोना संक्रमित श्रीमान्को कुरुवा बसेकी उनलाई एकातिर कति बेला आफूलाई पनि संक्रमण हुने हो भन्ने डर छ भने अर्कातिर श्रीमान्को उपचार कहिले हुने हो भन्ने चिन्ता ।
अस्पतालबाहिर रहेको होटलमा शुक्रबार श्रीमान्का लागि दालको झोल किन्दै गर्दा उनले कान्तिपुरसँग आफूले पाइरहेका हैरानीबारे सुनाइन् । ‘चिसो भुइँमा थुप्रै कोरोना संक्रमितका बीचमा सुत्नुपर्छ,’ उनले भनिन्, ‘बिरामीले उपचार कहिले पाउने हुन् भन्ने पनि थाहा छैन, आफ्नै जीवन रहला, नरहला कुनै टुंगो छैन ।’ पर्याप्त ठाउँ र चुस्त व्यवस्थापनको अभावमा एउटालाई बचाउँदा अर्को व्यक्ति पनि संक्रमित हुने खतरा रहेको उनले बताइन् । ‘अस्पतालमा न सेनिटाइजर छ न त मास्क,’ उनले भनिन्, ‘यस्तोमा कसो गरी कोरोनाबाट बच्ने ?’
कोरोना उपचार केन्द्र बनेको भेरी अस्पतालमा संक्रमितको चाप थामिनसक्नु छ । त्यससँगै कुरुवाको संख्या पनि उत्तिकै छ । कतिसम्म भने संक्रमित र कुरुवा छुट्याउनसमेत सकिँदैन । बिरामीलाई कुर्दा आफैंलाई संक्रमणको त्रास बढेपछि कुरुवाहरू गीताझैं क्षुब्ध छन् । त्यसैमध्येका कुरुवा हुन्, दीर्घबहादुर तिरुवा । उनले कोरोना संक्रमित भाइलाई आईसीयूमा भर्ना गरेका छन् । अस्तव्यस्त हालतमा कुर्दाकुर्दा उनी आफैं संक्रमणको संघारबाट गुज्रिन बाध्य छन् । ‘भुइँमै रात बित्छ, भुइँमै दिन जान्छ,’ उनले सुस्केरा हाले, ‘यस्तो दुःख त कसैलाई नपरोस् ।’
यो समाचार कान्तिपुर दैनिकमा छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया