

दाङमा यात्रुबाहक बस दुर्घटना, १० जना घाइते



दाङ ।दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहान पोखराबाट तुलसीपुरतर्फ आउँदै गरेको ग १ ख ९६३९ नम्बरको बस घोराही उपमहानगरपालिका १६ कपासेबगियामा अनियन्त्रित भइ पल्टिँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते हुनेमा घोराही उपमहानगरपालिका १२ की सपना विक, निर्मल विक, तुलसीपुर उपमहानगरपालिका १८ की शर्मिला घर्ती, सल्यानको त्रिवेणी गाउँपालिका ६ का रामप्रसाद कठायत, हस्ती गिरी र तेजबहादुर गिरी रहेका छन् । त्यस्तै त्रिवेणी गाउँपालिका ३ की चेतना रेउले, कपुरकोट नगरपालिका ७ का गणेश बोहरा, सुनसरीको इटहरी नगरपालिका ८ का दलबहादुर विश्वकर्मा र स्याङ्जाको फेदी गाउँपालिका १ का रामचन्द्र विक दुर्घटनामा घाइते भएका छन् । घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया