

अक्सिजन चुहिँदा भारतमा २२ जनाको मृत्यु



दिल्ली ।
अक्सिजन आपूर्ति चुहावट हुँदा भारतमा २२ जना कोभिड–१९ बिरामीको मृत्यु भएको छ । नासिक सहरस्थित जकिर हुसेन अस्पतालमा ट्यांकरबाट अक्सिजन अर्को ट्यांकरमा सञ्चय गर्दा उक्त घटना भएको हो ।
घटना कसरी भयो र बिरामीको अक्सिजन आपूर्ति किन रोकियो भन्नेबारे अधिकारीहरुले छानविन गरेका छन् । तर, झन्डै ३० मिनेटसम्म भेन्टिलेटरमा अक्सिजन आपूर्ति नहुँदा ती बिरामीको मृत्यु भएको हो ।
सहरका नगर प्रमुख कैलाश जादवले घटनाबारे छानविन गर्ने र दोषीलाई कार्वाही गर्ने बताए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया