

केन्द्रीय कोषाध्यक्ष केसीको निधनप्रति मसालद्धारा दुःख प्रकट

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष रुकबहादुर केसीको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ । नेकपा मसालको भारत शाखा सदस्यसमेत रहेका केसीको निधनबाट पार्टी संगठन र नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुगेका मसालले जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहले बुधबार शोक वक्तव्य प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । ५६ वर्षीय केसीको कोरोना संक्रमणका कारण भारतको उत्तरप्रदेश बलरामपुरमा मंगलबार वैशाख ७ गते निधन भएको हो ।
वक्तव्यमा भनिएको छ, ‘कामरेड रूकबहादुर केसी ९क शितल० को २०७८ वैशाख ०७ गते भारतको उत्तरप्रदेश बलरामपुर शहरमा ५६ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हाम्रो पार्टीले गम्भीर दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ । का। केसी २७ वर्षदेखि नेपाल कम्युनिस्ट पार्टी ९मसाल० को सदस्य रहँदै आउनुभएको थियो । हाल उहाँ नेपाल कम्युनिस्ट पार्टी ९मसाल० भारत शाखा सदस्य र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँ अनुशासित, सिद्धान्तनिष्ठ तथा जुझारू पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको सङ्गठन तथा नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा क। रूकबहादुर केसीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया