

नियन्त्रण भन्दा बाहिर भारतमा कोरोना, एकै दिन झण्डै ३ लाख सङ्क्रमित, २ हजार भन्दा धेरैको ज्यान गयो


काठमाण्डाै
भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनालाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ । अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन् ।
यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ । गएको २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ । भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ ।
भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया