

कारागार कार्यालयका कर्मचारीले कार्यालयमै गरे आत्म हत्या



गुल्मी
जिल्ला कारागार कार्यालयमा कार्यालय सहयोगीकाे काम गर्ने कर्मचारीले डाेरी पासाे लाई आत्म हत्या गरेका छन्। जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर १० सिमीचौरका ४४ बर्षिय गोबिन्दप्रसाद पाण्डेले मंगलबार बिहान करिब ८ बजेतिर कार्यालयकै एक क्याविनमा डोरीको पासो लगाई आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
आत्म हत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालय सहयोगी पाण्डेले यस अगाडी पनि पटक पटक बिष सेवन गरी आत्म हत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ । उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेको बताइएको छ ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया