मन्त्रिपरिषदको निर्णय : संसद्‌को हिउँदे अधिवेशन अन्त्य

 सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।  सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट सूचना जारी भएपछि संसद अधिवेशन अन्त्य भएको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद्‌ सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो ।

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।

प्रतिक्रिया

खबर सबै