

विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघ्यो : कोरोना





काठमाण्डाै
विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० लाख नाघेको छ ।
विश्वमा कोरोनाका कारण अहिलेसम्म ३० लाख २३ हजारभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै सङ्क्रमण फैलिएका देश हुन् ।
यी तीन देशमा मात्रै १० लाखभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै ५ लाख ८० हजार ७ सय ५६ जनाको ज्यान गइसकेको छ । यस्तै भारतमा एक लाख ७७ हजार एक सय ६८ जनाको ज्यान गएको छ भने ब्राजिलमा तीन लाख ७१ हजार ८ सय ८९ जनाको ज्यान गएको छ ।
पछिल्ला दिनमा विश्वमा औसतमा १२ हजार जनाको ज्यान जाने गरेको पाइएको छ । विश्वमा अहिले १४ करोड १३ लाखभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित छन् । यस्तै, ११ करोड ९९ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया