

सर्वदलीय बैठक सम्पन्न, एमसीसी पास गर्न नदिएकोमा प्रधानमन्त्रीको आक्रोश सभामुख प्रति

काठमाण्डौ
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको आक ।
बैठकपछि परराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीपकुमार ज्ञवालीले समस्या बढ्दै गएको कोरोना रोकथाम, एमसीसी, उपचुनाव लगायतका विषयमा छलफल भएको बताउनुभयो । कोरोना महामारी बढ्दै गएकोले थप सजगता अपनाउन र आवश्यक ठाउँमा विद्यालय बन्द गर्नेदेखि थप सजगताका क्रियाकलाप गर्न सबै दलले सुझाव दिएका उहाँले बताउनुभयो ।
यस्तै रिक्त पदमा उपचुनाव गर्ने विषयमा छलफल भएको र नेपाली काँग्रेसले आफ्नो महाधिवेशनको कार्यतालिका नजुध्ने गरी चुनाव गर्न आग्रह गरेको नेता ज्ञवालीले बताउनुभयो । यस्तै संसद्मा अड्किएको एमसीसी परियोजनाका बारेमा गम्भीर छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो ।
नेपाली काँग्रेस लगायतका दलहरुले एमसीसी पास वा फेल गर्ने अधिकार संसदमा रहेको भन्दै त्यहाँ तत्कालै छलफल गर्नुपर्ने धारणा राखेका उहाँले बताउनुभयो । बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको भन्दै प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गर्नुभएको पनि नेता ज्ञवालीले बताउनुभयो । बैठकमा नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता सामाजवादी पार्टीको बाबुराम–उपेन्द्र यादव पक्षका नेताहरु सहभागी भएका थिएनन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया