तान्त्रिक प्रयोजनका लागि महिलाको हत्या, शरीरका अंग बेच्ने गिरोह पक्राउ

राजेन्द्र खनाल, कपिलवस्तु

तान्त्रिक प्रयोजनका लागि मानिसको हत्या गरी शरीरका अंगहरु बेचबिखन गर्ने संगठित गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कलिवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ६ स्थित बेतिया नदीमा गत चैत्र २० गते एक महिलाको शव फेला परेको थियो । घटना चैत्र १२ गतेको भए पनि प्रहरीले एक महिलाको शव चैत्र २० गते फेला पारेको थियो । तत्काल पहिचान नखुले पनि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ५ बुडन्तपुर स्थित माईतीघरमा बस्दै आएकी ४२ वर्षिय महिला सरजहाँ दर्जी रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

मानिसको हत्या गरी हातका औँलाहरु ल्याएमा उक्त औँलाहरुको ७० देखि ८० लाख मुल्यमा बिक्रि हुने भन्ने भ्रमपूर्ण हल्लाको विश्वासमा परी ति महिलाको हत्या गरी उनको हातका औलाहरु काटी बिक्रिको योजना अनुसार दर्जीको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोही योजना अनुसार अब्दुल कलमा मुसलमान र बेलाल अहमद मुसमानले सारजाहँ दर्जीलाई बोलाई घाटी थिचेर हत्या गरेको र उनका दुबै हातका औँलाहरु काटी बिक्रि वितरणका लागि विभिन्न व्यक्तिहरुलाई दिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक महिलाका हातका औँलाहरु विभिन्न स्थानमा सप्लाई गर्ने तथा रा्ख्ने व्यक्तिहरुको संगठित गिरोहका व्यक्तिहरुलाई बिहिबार प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरको हो । उनीहरु बिरुद्ध संगठित अपराध, कर्तव्य ज्यान तथा मानव बेचविखन तथा ओसारपसार कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

घटनामा पक्राउ परेका मध्ये कपिलवस्तुका शुद्धोधन गाउँपालिका वडा नम्बर २ नन्दनगर बस्ने इद्रिस मुसलमानको छोरा वर्ष ३९ को अब्दुल कलाम मुसलमान, सोही ठाउँको ४५ वर्षीय बेलाल अहमद मुसलमान, शुद्धोधन गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षीय कृष्ण कुर्मी, हातका औला लिएका रामहरक यादव र रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बस्ने ६७ वर्षीय कर्णबहादुर सुनार पक्राउ परेका छन । यस्तै घटनामा संलग्न नवलपरासीको सबाबि तम्सरिया गा.बिस घर भई हाल रुपन्देहीको बुटवलमा डेरा गरी बस्ने ६७ वर्षीय खेमबहादुर मल्ल लाई पनि प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरुले ति महिलाको हत्या गरी दुबै हातका औँलाहरु काटी वित्रिका लागि भन्दै भागबण्डा गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुले जनाएको छ ।

 

प्रतिक्रिया

खबर सबै