

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना, दुईको मृत्यु


गुल्मी
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको बताएका छन् ।
उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ ।
प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।
दुर्घटना स्थलमा प्रहरीको टोली पुगेर उद्धार कार्यमा खटिएको उनले बताए ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया