

आईपीएल : राजस्थानलाई हराउँदै पञ्जाबको जीत



काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ ।
जितका लागि २ सय २२ रनको लक्ष्य पाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन मात्रै बनाउन सक्यो ।
राजस्थानका कप्तान सञ्जु सामसनले १ सय १९ रन बनाए पनि हार टार्न भने सकेनन् । पञ्जाबका अर्शदीप सिंहले ३ तथा मोहम्मद शामीले २ विकेट लिए । मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।
पञ्जाबका कप्तान केएल राहुलले सर्वाधिक ९१ रनको योगदान गरे । त्यस्तै दिपक होडाले ६४ तथा क्रिस गेलले ४० रन बनाए । राजस्थानका चेतन सकारियाले ३ विकेट लिए। यस्तै क्रिस मोरिसले २ तथा रियान परागले एक विकेट लिए ।
आईपीएलमा आज कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल चेन्नईमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया