

कारोना असर : बंगलादेशमा हवाई यात्रामा एक साता प्रतिबन्ध


काठमाडौँ । बंगलादेशले मुलुकमा बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रामा रोक लगाउने घोषणा गरेको छ ।
उक्त निर्णय बुधबारदेखि कार्यान्वयनमा आउनेछ । २० अप्रिलसम्म कायम रहने उक्त प्रतिबन्धको समयमा बिरामीको उद्धार, मानवीय सहायता र मालवाहक उडानलाई भने छुट दिइने बंगलादेशको हवाई उड्डयन प्राधिकरणले बताएको छ ।
गत मार्च महिनादेखि बंगलादेशमा निरन्तर कोरोना संक्रमण बढिरहेको छ । यसअघि बंगलादेशले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै लगाएको नौ दिन लामो लकडाउन मंगलबार सकिँदैछ । यो लकडाउन थप एक साताका लागि लम्ब्याइएको हो ।
यसैबीच बंगलादेशका पूर्व प्रधानमन्त्री खलिदा जिया पनि कोरोना संक्रमित भएकी छिन् । बंगलादेशको विपक्षी पार्टी बंगलादेश नेशनालिस्ट पार्टीले उनी संक्रमित भएको जानकारी दिएको हो । जिया सन् २०१८ देखि आर्थिक अनियमितताको मुद्दामा जेलमा छिन् ।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया