छिमेकी जिल्लामा कोरोना बढेपछि कपिलवस्तुमा बढ्यो जोखिम

राजेन्द्र खनाल
कपिलवस्तु
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिवार बसेको बैठकले पछिल्लो समय कोभिड सङ्क्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको सङ्क्रमणको स्थिति र तयारीको विषयमा छलफल भइ आमरुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताउनुभयो । यसबाहेक जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ ।

सीमानाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड सङ्क्रमण भएर लक्षण देखा परेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वरेण्टीनमा राख्ने काम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसबाहेक कुनै पनि क्षेत्रबाट स्वास्थ्य मापदण्ड पालना नभइ अटेरी रुपमा सञ्चालनमा आएको पाइए कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने पनि सचिव बरालले बताउनुभयो ।

छिमेकी जिल्लामा कोरोना बढेपछि कपिलवस्तुमा बढ्यो जोखिम

भारतमा कोरोनाको संक्रमण उच्च तहमा पुगीरहेका बेला कपिलवस्तुका दुई छिमेकमा पनि कोरोनाको ग्राफ बढेको छ । पछिल्लो केही दिन यता पश्चिमको छिमेकी जिल्ला दाङमा सात जनाले कोराना अस्पताल बेलझुण्डीमा उपचार गराइरहेका बेला शुक्रबार मात्रै थप नयाँ संक्रमित भेटिएका छन् ।

यता कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा पनि नयाँ संक्रमित फेला परेका छन् । रुपन्देहीमा विगत केही दिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको हो । भारतमा तिव्र गतिमा बढेको संक्रमणले नेपालमा पनि कोरोनाको दोस्रो अध्याय शुरु भइसकेको छ। संक्रमितको संख्या दिनहुँ बढेसँगै रुपन्देहीमा शुन्यमा झरेको संक्रमण विस्तारै उकासिदै गएको हो । पछिल्लो ३ दिनमा रुपन्देहीको संक्रमण पनि तिव्र छ । बुधबार ६ जनामा देखिएको संक्रमण बिहीबार ९ जना र शुक्रबार थप १५ जनामा देखिएको छ । पछिल्लो एक सातामा रुपन्देहीमा मात्रै ३२ जना पुरुष र २४ जना महिला गरी ५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

तराईका छिमेकी दुई जिल्लामा संक्रमण दर बढ्दै गए पछि कपिलवस्तुमा पनि कोरोना संक्रमण बढ्ने उच्च जोखिम दखिएको छ । कपिलवस्तुमा भारत सँगको सीमा क्षेत्रमा कृष्णनगरमा हेल्थ डेस्क स्थापना गरी चेकजाँच थालिएको भए पनि सुरक्षा सावधानीका उपायहरु प्रभावकारी नहुँदा जिल्लामा फेरी कोरोनाको अर्काे लहर आउने निश्चित बनेको हो ।
रुपनदेही र दाङमा भेटिएका संक्रमितहरुमा कोरोनाको नयाँ भेरियन्ट हो वा पुरानै हो भन्ने यकिन हुन सकेको छैन ।
निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिर्पोट अनुसार रुपन्देहीका विभिन्न ५ स्थानीय तहमा १५ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

यसैबिच यता कपिलवस्तु जिल्लामा पनि अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ९ जना छन् । स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन उमेश घिमिरेका अनुसार जिल्लामा पोजेटिभ देखिएका संक्रमित ९ जना मध्ये २ जनाको बुटवल स्थित कोरोना अस्पतालमा अहिले उपचार भईरहेको छ भने अन्यले होम क्वारेन्टिनमै आराम गरिरेका छन् ।

उता दुई छिमेकी जिल्लामा बढेको कोरोना ग्राफका विषयमा भने त्यसको असर कपिलवस्तुमा पनि पर्न सक्ने जोखिम अत्याधिक रहेको घिमिरेले बताए । भारतीय सीमा क्षेत्रमा कडाइका साथ चेकजाँच भईरहेको र समुदायमा हुन सक्ने संक्रमण जोखिमलाई ध्यानमा राखेर काम भईरहेको फोकल पर्सन घिमिरेले बताए ।

प्रतिक्रिया

खबर सबै