गुल्मीमा आगो निभाउन जाँदा चारजना घाइते

संकेतिक तस्विर

गुल्मी

लुम्बिनी प्रदेशको गुल्मी जिल्ला स्थित रिपमुलढुंगा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्न थालेपछि निभाउने क्रममा चारजना घाइते भएका छन्।

धुर्कोट गाउँपालिका वडा नम्वर ६ रजस्थल दाद्रामा लागेको आगो बस्तीमा पस्न थालेपछि निभाउने क्रममा स्थानीय ३५ वर्षकी पुतला पाण्डे र २५ वर्षकी सीता सुनारको टाउको र हातमा बढी जलेकाले उनीहरूलाई उपचारका लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

यस्तै, २१ वर्षकी विष्णुमाया अर्याल र ३७ वर्षकी सरिता बञ्जाडेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आगो निभाउन अहिले पनि स्थानीय र सुरक्षाकर्मीहरू जुटेका छन्। आगो अहिले बस्तीमा पस्ने जोखिम नभएको प्रहरीले जनाएको छ।

यता, रेसुंगाको वनमा पनि आगलागी भएको छ।

 

प्रतिक्रिया

खबर सबै