

नेपालमा फैलिएको दोस्रो चरणको कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने : सीसीएमसी


काठमाडौं
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दोश्रो चरणको कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको छ ।
शनिबार (आज) सिंहदरबारमा बसेको सीसीएमसी बैठकले अहिलेको कोरोनाको अवस्थामा छलफल गर्दै स्वास्थ्य सावधानीका साथै मापदण्डमा कडाई गर्ने निर्णय गरेको हो ।
बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले निगरानी सतर्कताका बिषयमा जोड दिदै स्वास्थ्य मापदण्डमा कडाई गर्न अपिल गर्ने निर्णय भएको बताउनुभयो ।
त्यस्तै कोरोना नियन्त्रणमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने निर्णय भएको उहाले बताउनुभयो । उहाँले अहिले नै कुनै कडा कदम चाल्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
उहाँले विद्यालय र रात्रिकालीनलगाएतका केही क्षेत्र बन्द गर्ने चर्चा चलेपछि मापदण्ड पालना गराउने विषय नै प्रमुख भएको बताउनुभयो ।
बैठकले कोरोना फैलन नदिन नाका–नाकामा थप सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया