पत्रकार महासंघको चुनाव :कपिलवस्तुमा ९४ प्रशितत मतदान, मत गणना पनि सुरु

कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा नेपाल पात्रकार महासंघको आगामी नयाँ नेतृत्वका लागि दुई पदमा मतदान भएको छ । जिल्लाका लागि महिला उपाध्यक्ष र खुल्ला सदस्य पदमा मतदान भएको हो ।

महिला उपाध्यक्ष स्वयता गिरी र शारदा केसी रहेका थिए भने खुल्ला सदस्य पदमा ९ जनाको उमेद्धारी परेको थियो । ७ पदका लागि ९ जना सदस्यका दावेदार रहेका थिए ।
उता प्रदेश र केन्द्रको नेतृत्वका लागि पनि कपिलवस्तुका पत्रकारहरुले आफुलाई मनपरेको उमेद्धारलाई मतदान गरेका छन् । कपिलवस्तुबाट लुम्बिनी प्रदेश अध्यक्षका लागि बसन्त गिरी सहित खुल्ला सदस्य पदमा गोपाल भण्डारी,कोषाध्यक्ष पदका लागि नन्दराम पौडेल, सदस्य मधेसी पदका लागि अंकुश कुमार श्रीवास्तव, सदस्य अल्पसंख्यकमा ओरीराम चौरासिया लगाएतको उमेद्धारी रहेको थियो ।

आजको निर्वाचनमा कपिलवस्तु जिल्लामा रहेका १६७ मतदाता मध्ये १५४ ले मतदान गरेका छन भने १३ जना मतदानमा अनुपस्थित भएका छन् । यसका आधारमा कपिलवस्तुमा ९४ प्रतिशत मतदान भएको छ । मतदान सुरु भएको  त्यहाँबाट हाम्रा संवाददाताले जानकारी दिनुभएको छ । सके सम्म आज राति ११ बजे सम्म जिल्लाको नतिजना प्रकाशन गरी गणना सुरु गरिएको हो ।

जिल्लाको नयाँ कार्यसमितिका लागि महिला उपाध्यक्ष र सदस्य पद बहेक अन्य सबै पद निर्विरोध चयन भएका छन् । यसका साथै प्रदेश र केन्द्रको मत समेत जिल्लामै गणना गरी पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

खबर सबै