

कोही कमरेड खरायो, कोही कछुवा


काठमाडौं
व्यक्तिका स्वभाव र कार्यशैलीले समूहलाई कति फरक पार्छ भन्ने कुरा एमालेको विवादबाट झल्किन्छ । जस्तो– संसदीय दलको बैठकमा भाग लिने र नलिने कुराकै गलफत्तिलाई हेरौँ । माधव–झलनाथ समूहको एमाले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो, सानेपामा चैत ४ देखि । भोलिपल्ट, ५ गते अपर्झट बालुवाटारमा केपी ओलीद्वारा संसदीय दलको बैठक बोलाइयो । हालै दिवंगत कांग्रेस पूर्वसांसद नवीन्द्रराज जोशीलाई ४ सय ४४ मतले पराजित गर्ने जीवनराम श्रेष्ठले केही सांसदलाई फोन गरे र भने, ‘हाम्रा साथीहरूलाई कन्फ्युजन छ, भोलि हाम्रो भेला भाँड्ने गरी ओलीले संसदीय दलको बैठक डाकेका छन् ।’
माधव नेपालले जीवनरामलाई भने, ‘उसोभए भोलि १० बजे साथीहरूलाई यतै सानेपामा बोलाउनु न त’ भोलिपल्ट बिहानै एमाले सांसदहरू झुरुप्प त्यहीँ भेला भए । स्थायी कमिटी सदस्यबाहेक अरु संसदीय दलको बैठकमा जानुपर्छ भन्नेमा सबैजसो एकमत देखिए । स्थायी कमिटी सदस्यहरू चाहिँ ‘त्यहाँ गएर केही गर्न सकिँदैन, न दलको नेता फेर्न सकिन्छ, न भएका निर्णय नै उल्ट्याउन सकिन्छ, ओलीले पनि केन्द्रीय सदस्य जसरी सांसद थप्न, घटाउन सक्ने हैनन्’ भन्नेमा थिए । अन्त्यमा निर्णय भयो, दलमा रहेका स्थायी कमिटी तहबाहेकका अरु जाने । सोही निर्णयअनुसार, नेताहरू बाटो लागे ।
गंगा चौधरी सत्गौवाहरू बालुवाटार छिरिहाले । तर, त्यहाँ आफ्नो पक्षका कुनै नेता देखेनन् । गणेश पहाडीहरू पनि फर्किए । झपट रावल, जयकुमार राईहरूले नक्साल कटेर भाटभटेनी पुग्न लाग्दा भीम रावलको फोन रिसिभ गरे, ‘तुरुन्त फर्किनुस् त’ भन्ने । तर, रावलको यो फर्मानसँग घनश्याम भुषालको चर्को असहमति थियो । ‘तपाईंले हिजोको भेलामा सुरेन्द्र पाण्डेमार्फत उद्घोष गराउनुभयो, बालुवाटार नजाने भनेर । यो कहाँ निर्णय भएर सुनाउनुभएको हो ? त्यसमा मेरो असहमति छ । आज कसलाई सोधेर बाटैबाट साथीहरूलाई फर्काउनुभयो ? एकता भंग गरेर एमालेकै रुपमा काम गर्न म असहमत थिएँ । तर, समूहको निर्णयका नाममा जान असहमति हुँदाहुँदै आइयो । तर, अहिले त बैठकमा जाने भनेर समूहको निर्णय नै छ । तपाईं बीचबीचमा साथीहरूलाई फिर्ता बोलाउने ?’
केपी ओली खरायो चालमा भएभरका निर्णय आफ्नो तजविजमा गर्दै जाने । माधवचाहिँ कछुवाको गतिमा विधि र पद्धति भन्दै बस्ने । तरिका माधवको ठीक, तर परिणाम केपीको खरायो शैलीको आइदिँदा कसरी मार खानुपर्छ ? संसदीय दलको बैठकबारे चलेको विवाद त्यसैको नमुना हो भन्नेहरू पनि छन् ।
आजको जनआस्थासाप्ताहिक समाचार छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया