

कपिलवस्तुमा बढे भाइरल ज्वरोका बिरामी



कपिलवस्तु ।
पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै कपिलवस्तुमा भाइरल ज्वरो सहितका मौसमी रोगीहरुको सङ्ख्या बढ्न थालेको छ ।
जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो सहित रुघा खोकीँ तथा घाटीँको समस्या लिएर आउने बिरामीहरुको संख्या साबिको भन्दा उच्च रहेको अस्पातालहरुले बताएका छन् ।
पछिल्लो केही दिनयता भाइरल ज्वरोको समस्या भएर अस्पतालमा आउनेहरु बढिरहेको र त्यस सँगसँगै टाउको दुख्ने, घाटीँ दुख्ने पखला लाग्ने लगाएतका रोगहरुको समस्या सहित उपचार लिन आउनेहरुको संख्या बढ्दै गएको जिल्ला अस्पताल तौलिहवाका मेडिल सुपरिटेन्डेन डा. किशोर बञ्जाडेले बताउनुभयो ।
उहाँका अनुसार अहिले मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन् । यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिन पनि डा. बञ्जाडेको सुझाव छ ।
यता कपिलवस्तुको वाणगंगा स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा पनि बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । अस्पतालका एमर्जेन्सि विभागका चिकित्सक सन्तोष खनालका अनुसार जाडो मौसमको तुलानामा अहिले दैनिक बिरामीहरुको संख्या बढिरहेको छ । सामुदायिक अस्पतालमा यतिबेला दैनिक ८० जना सम्मको उपचार भईरहेको छ । यो क्रम अझै बढ्दै जाने खनालले जानकारी दिनुभयो । साउन भदौ सम्म पुग्दा बिरामीको संख्या दैनिक १५० जना सम्म आउने अनुमान अस्पतालको छ । चिकित्सक खनालका अनुसार यतिबेला कोरोना जोखिम पनि कायमै रहेका बेला कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिने बिरामीका सामस्या हुने हुँदा रुघा खोकि र ज्वरो एकैपटक आयो भन्दैमा आत्तिन नहुने उहाँको सुझाव छ । कोरोना र भाइरलको समस्या फरक रहेका कारण बिरामीहरु आत्तिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य समयमा ५० देखि ६० जना बिरामीको उपचार हुने गरेकोमा मौसम परिवर्तनले संख्यामा बृद्धि भईरहेको अस्तालले जनाएको छ ।
मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकहरुको सुझाव छ । सामान्य समयभन्दा बिरामीको सङ्ख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या भने कम रहेको अस्तालहरुले जानकारी दिएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया