

कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको बताइएको छ ।त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार कतारको राजधानी दोहामा यसका संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक भएको एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ ।
त्यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको संक्रमण पुगेको बताइएको छ । त्यहाँका २८२ जना नागरिकको कोभिडको संक्रमणबाट मृत्यु भएको छ ।
त्यहाँका चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तिब्रता दिइएको छ । यसरी त्यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया