

अमेरिकामा शुक्रबार आएको आँधीबाट छ जनाको मृत्यु



एजेन्सी
संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि छ जनाको ज्यान गएको बताइएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ ।
यसबाट यहाँको ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका पनि बताइएको समाचारमा जनाइएको छ । अलाबामामा आँधीमा परेर पाँच जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते पनि भएका छन् ।
यसबाट यस क्षेत्रका धेरै नागरिक प्रभावित पनि भएका बताएको छ । यस आँधीबाट यहाँका कैयौँ घरमा क्षति पुगेको छ । केही घर आँधीले भत्काइदिएको छ ।
त्यस्तै अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ । अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ ।
त्यसैगरी दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ । त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो । यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ ।
यहाँको सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको बताएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया