

वाणगंगामा शैक्षिक सामग्री प्रर्दशनी, विद्यालयहरुको तहगत नतिजा



राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा शैक्षिक सामग्री प्रर्दशनी गरीएको छ । विद्यालयमा पठनपाठनका क्रममा शिक्षक तथा विद्यार्थीहरुका लागि शैक्षिक सामग्री अनिवार्य जस्तै बन्ने गर्दछ । त्यस्ता सामग्री शिक्षक एक्लैले अथवा विद्यार्थी एक्लैले र शिक्षक विद्यार्थी दुवै मिलेर बनाउने गर्दछन् ।
पठनपाठनका क्रममा निरन्तर प्रयोग गर्न सकिने शैक्षिक सामग्रीहरुको प्रर्दशनी वाणगंगा नगरपालिकामा गरिएको हो । वाणगंगा नगरपालिका युवा शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा सम्पन्न शैक्षिक प्रर्दशनीमा नगरको वाणगंगा स्रोत केन्द्र अन्र्तगतका सामुदायिक विद्यालयहरुले आ आफ्ना शैक्षिक सामग्री प्रर्दंशनीमा राखेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अध्यापनरत शिक्षकहरुले मिलेर बनाएका सामग्रीहरुको तहगत मुल्याङ्कन गरिएको नगरपालिकाको वाणगंगा स्रोत केन्द्रले जनाएको छ । स्रोत व्यक्ति कविराज भण्डारीका अनुसार विद्यालयमा एक पटक मात्र नभई बनाइएका सामग्री पटक पटक प्रयोग गर्न मिल्ने गरी बनाउन र प्रर्दशनीमा सहभागि गराउन सम्बन्धित विद्यालयहरुलाई आग्रह गरिएको थियो ।
सोही अनुसार सम्पन्न शैक्षिक सामग्री प्रर्दशनीमा माध्यमिक तह अन्र्तगत होराईजन मावि प्रथम भएको छ भने ज्ञानपुञ्ज मावि द्धितिय, वाणगंगा मावि गजेहडा तृतीय र वाणगंगा मावि लौगाईले सान्त्वना स्थानल लिएका छन् ।
यस्तै आधारतभूत तह (१–८) अन्र्तगत जनचेतना आधारभूत विद्यालय बनागई प्रथम भएको छ । भर्तापुर आधारभूत विद्यालय द्धितिय तथा दुर्गा भवानी तृतीय र जनसेवा आधारभूत विद्यालयले सान्त्वना स्थान लिन सफल भएको स्रोत व्यक्ति कविराज भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै आधारभूत तह (१–५) अन्र्तगत सूर्योदय आधारभूत प्रथम, जनहयोग आधारभूत विद्यालय द्धितिय तथा वालज्योती तृतीय र घरबुद्धीया सान्त्वना स्थान लिन सफल भएका छन् ।
त्यस्तै प्रर्दशनीमा वालविकास केन्द्रहरुमा वालज्योती प्रथम, कामता वालविकास द्धितिय, बरकतीय बालविकास केन्द्र तृतीय र मनकामना संस्कृत विद्यापिठले सान्त्वना स्थान लनि सफल भएको स्रोत व्यक्ति भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईको अध्यक्षता तथा नगर उप प्रमूख चक्रपाणी अर्याललको प्रमूख आतिथ्यता रहेको थियो । स्रोत व्यक्ति कविराज भण्डारीको स्वागत र शिक्षा शखा अधिकृत खिमबहादुर जि.सीको संचालनमा सम्पन्न भएको छ । प्रर्दशनीमा विभिन्न विद्यालयहरुले पठनपाठनमा प्रयोगमा ल्याइने विभिन्न विषयगत शैक्षिक सामग्रीहरु प्रर्दशनीमा ल्याएका थिए ।
प्रर्दशनीमा राखिएका विभिन्न विद्यालयका सामग्री तस्बिरमा :












खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया